काठमाडौँ । पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्धको घोषणा गरेको छ। पाकिस्ताका रक्षामन्त्री ख्वाजा आसिफले अफगानी तालिबानकाविरुद्ध खुला युद्धको घोषणा गरेका हुन । अफगानी तालिबानलाई चेतावनी दिँदै उनले भनेका छन्, ‘हाम्रो धैर्य समाप्त भइसक्यो र अब खुला युद्ध हुनेछ।’



सामाजिक सञ्जाल एक्समा उनले अफागानी तालिबानमाथि ‘अफगानिस्तानमा विश्वका आतंकवादी जम्मा गरेको’ आरोप लगाउँदै काबुलमा अन्तरिम सरकारले ‘आतंकवाद का एक्सपोर्ट’ गरेको उल्लेख गरे।
त्यस्तै पाकिस्तानी रक्षामन्त्रीले अफगानी तालिबानले आफ्ना जनतालाई आधारभुत मानवअधिकार र इस्लामले महिलालाई दिएको अधिकारबाट समेत बञ्चित गरेको आरोप लगाए।
अफगानी तालिबानका २७ सैन्य चौकी ध्वस्त पारेको दाबी
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाले अफगानी तालिबानका २७ सैन्य चौकी नष्ट गरेको र नौंमाथि कब्जा जमाएको दाबी गरेका छन्।
पाकिस्तानी सेनाले अफगान तालिबानका ८० भन्दा बढी ट्यांक, तोप र बख्तरबन्द गाडी नस्ट गरेको समेत उनले दाबी गरेका छन्। यस्तै उनले अहिलेसम्म अफगानी तालिबानका १३३ सदस्य मारिएको र दुई सयभन्दा बढी घाइते भएको पुष्टि भएको दाबी गरेका छन्।












