भारत । भारतको गुजरात राज्यमा एक डरलाग्दो दुर्घटना भएको छ। ४३ वर्ष पुरानो पुल अचानक भत्किँदा धेरै सवारीसाधन नदीमा खसेका छन्।

यस दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्य केही बेपत्ता छन्। घटनास्थलमा उद्धार कार्य जारी छ। प्रहरीले जनाएअनुसार पुलको संरचना निकै जीर्ण भइसकेको थियो र यसअघि नै मर्मतको आवश्यकता थियो भन्ने रिपोर्टहरू आएका थिए।

दुर्घटनास्थलमा स्थानीय प्रशासन, उद्धार टोली, एम्बुलेन्स र दमकल परिचालन गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको र नजिकैका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।