जोशीपुर । कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ६ ले सडकको छेउछाउमा पशु चौपाया नबाध्न अनुरोध गरेको छ ।



गाउँ भित्रका सडक छेउछाउमा गाईगोरु नबाध्न अन्य सामान नराख्न एक सुचना जारी गर्दै जोशिपुर गाउँपालिका वडा नम्बर ६ ले एक सुचना जारी गरेको छ । वडा अध्यक्ष भोजराज डगौराले साघुरो सडक छेउछाउमा गाईगोरु बाधेमा दुर्घटना हुने हुदा अब उपरान्त त्यसो नगर्न निर्देशन दिएका हुन् ।





बर्षातको समयमा हुने समस्या जस्तै बाटो बिग्रनु जथाभावी पानी-पानी हुने र डुबानको समस्या उत्पन्न हुने हुदा सडक छेउछाउमा गाईगोरु नबाध्न ,नालामा तरकारी अन्नबाली र ढुङ्गा बालुवा नथुपार्न आग्रह गरेका छन ।
साथै बर्षातको समयमा सडक छेउछाउमा गाईगोरु ,पसु चौपाया र तरकारी बाली रोप्ने कार्यले सवारी साधन आवगमनमा समस्या सिर्जना हुने, र सडक छेउछाउ भत्किनुका साथै दुर्घटनाको जोखिम समेत रहने हुदा अब उपरान्त त्यस्तो कार्य नगर्न नगराउन सुचनामा उल्लेख गरिएको छ ।


यसै गरि सबै स्थानिय जनताले आ-आफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत वडा अध्यक्ष भोजराज ड्गौराले अपिल समेत गरेका छन । यदि कसैले अटेर गरि यस्तो कार्य गरेमा कानुन बमोजिम कार्बाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।
