एजेन्सी । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने हुनुभएको छ । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

CP-HOSPITAL

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएर नयाँ सरकारी निकाय गठन गरी त्यसको  नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो ।

मस्कले सामाजिक सञ्जाल एक्समा यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभएको छ । उहाँले आफूले काम छोडे पनि उहाँ आबद्ध निकायले भने काम गरिरहने र सरकारी खर्च काटौती मिसन समयसँगै बलियो हुँदै जाने दाबी गर्नुभएको छ ।

यसअघि मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयक (वान बिग ब्युटिफुल बिल) को विरोध गर्नुभएको थियो ।अमेरिकी कार कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले विधेयकले बजेट घाटा घटाउनुको सट्टा बढाउने र उहाँले काम गरिरहनुभएको सरकारी कार्यदक्षता विभाग (डोज) टिमले गरिरहेको कामलाई कमजोर पार्ने भन्दै विधेयकको आलोचना गर्नुभएको थियो ।