सागर चौधरी /बौनिया ।  कैलालीमा गहुँखेतमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-६ को फुलवारी देखि जोशीपुर गाउँपालिका ६ पकरिया सम्म करिब ४० बिघा जमिनमा लगाइएको गहुँमा आगलागी भएको हो ।

जोशिपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्ष भोजराज चौधरीका अनुसार आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । टिकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।


गहुँ खेतमा आगलागी गर्ने बर्दगोरिया गाउँपालिका ६ फुलवारी टोलका ३ बर्षको युवराज गड्सेलाले सलाईबाट आगलागी भएको उनको बुबा खेम बहादुर गड्सेलाले जनाएका छन ।

काटिएको र काट्न बाँकी रहेको गहुँमा आगलागी भएको उनले बताए । गहुँ खेतमा आगलागी भएका स्थानीय र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।