


धनगढी । नदीजन्य पदार्थ उत्खन्नका विषयमा लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाबिच भएको विवादमा सहमति गराइएको छ ।




जिल्ला समन्वय समितिको टोलीले जानकी गाउँपाकिला वडा नम्बर ९ मा पर्ने गोरुगे खोलामा नदीजन्य पदार्थ उत्खन्न विषयमा दुई पालिकाबिचको विवादमा सहमति गराएको हो ।
‘हाललाई गुगल नक्साका आधारमा सिमा कायम गर्ने गरि सहमति गराइएको छ’ समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले भने –‘अब सिमा क्षेत्र निर्धारण गराएर विवादको टुङ्गो लगाइने छ ।’




सो खोलामा आफनो सिमा क्षेत्रमा पर्ने भन्दै लम्की चुहा र जानकी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खन्न गराउँदै आएको थियो ।


