


बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी सेवा समाजको आयोजनामा भएको माघी मेला सम्पन्न भएको छ ।




राम जानकी सेवा समाज मुल ब्यवस्थापन समिती संयोजक राज कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहनु भएको थियो ।



कार्यक्रमलाई सम्बोधन गर्दै भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरिले राम जानकी सेवा समाजलाई पर्यटन क्षेत्रका रुपमा स्थापित गर्न आफ्नो तथा प्रदेश सरकारको सहयोग रहने बताए ।



मन्त्री चौधरिले यश क्षेत्रलाई गुरुयोजना बनाई ताल,मन्दिर र नदिको संगम स्थल भएकाले पार्कका रुपमा अगाडी बढाउन सकिने बताए ।
बर्दगोरिया ६ सुगरखाल र घोडाघोडी नगरपालिका ३ चौरट्ठी जोड्ने काडा नदिमा पक्की पुलका लागी आफू र क्षेत्र नम्बर ३ का सान्सद गगा चौधरी लागि रहेको र छिट्टै काम सुचारु हुने बताए ।
मेलालाई थप आकर्षक बनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनलाई माथि उकास्न यो पटक स्थानीय तालमा बोटिङ्ग लगाएतको व्यवस्था गरिएको थियो । सो बोटिङ्गमा मेला अवलोकन गर्न आउने दर्शकले मनोरञ्जन लिएका थिए ।
कार्यक्रम बोल्दै वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले बर्दगोरिया ६ मा रहेको राम जानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै आपसी सद्भभावका लागि माघी मिलन सास्कृतिक कार्यक्रम तथा तिर्थ मेलाको आयोजना गरेको बताए ।
६ दिन सम्म संचालन भएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न झाकी तथा नृत्यहरु समेत प्रस्तुत गरिएका थिए ।
मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा,नृत्य र पंचे बाजासहितको, झाँकीहरु, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा र दोहोरी गीतको समेत रहेका थिए ।
मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बोटिङ्ग मुख्य आकर्षक रहेका थिए ।
कार्यक्रममा राम जानकी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष कलम चौधरिले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा मद्रेनिया सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हरिराम चौधरी, कोटातुल्सिपुर ग्रामीण बिधुत सहकारीका अध्यक्ष प्यारेलाल चौधरी लगाएतकाले पहिलो पटक आयोजना गरेको धार्मिक मेला राम्रो र सफल भएको बताए । कार्यक्रमको संचालन संचारकर्मी हरेन्द्र चौधरीले गरेका थिए ।