
टिकापुर । कैलालीको टिकापुर नगरपालिका ६ न वडाका अधिकांश क्षेत्र डुबानमा परेको छ । ३ दिन देखी परेको अविरल वर्षाका कारण नारायणपुर क्षेत्र डुबानमा परेको हो ।




निरन्तरको वर्षाले टिकापुर सत्ती सडक खण्ड अन्तर्गत टिकापुर ६ को भर्थापुरमा अत्याधिक पानीले सडक अवरुद्ध भएको छ यस्तै पथरिया नदीमा आएको बाढीले टिकापुर वडा न ६ क्षेत्रका विभिन्न स्थान गरेर २२६ घर डुबानमा परेको छ ।

यस्तै टिकापुरको अधिकांश क्षेत्र डुबानमा परेको स्थानमा NCC काे टिमले उद्घार गरेको छ। भने टिकापुर नगरपालिका र ६ न वडाले २२६ घर डुबानमा परेको परिवारलाई राहत वितरण गरेको छ ।

घर, विद्यालय लगायतका थुप्रै संरचना जलमग्न भएका छन् । पथरिया नदीमा आएको बाढीले टिकापुर न.पा ६ स्थित श्री जन ज्योति आ.बि. जलमग्न भएको छ ।भारी वर्षाका कारण कैलालीका नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकोले होचा तथा तटीय क्षेत्रहरूमा बसोबास गर्ने समुदायले उच्च सतर्कता अपनाउन जरुरी रहेको छ ।