धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले तीन जना प्रहरीलाई सम्मान गरेको छ ।




प्रशासन कार्यालयमा स्थापना गरिएको अनुचित लेनदेन सम्बन्धी सहायता कक्षमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको हो ।




प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रदान गरेको सम्मान पत्रमा अनुचित लेनदेन पीडितको मुद्दामा सहजीकरण र समन्वय गरी इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहोरात्र खटिएर काम गरेकाले सम्मान गरिएको उल्लेख छ।








