वैशाख २३, काठमाण्डौ । सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन रहेका छन् ।




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो ।



विभागमा दर्ता भई क्रियाशिल रहेका सबै राष्ट्रिय स्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रिय स्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नं। ०७ ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा को पञ्जिकाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको विभागका प्रवक्ता ई। मणिनाथ गोपले जानकारी दिए ।
- यी हुन् दर्ता खारेज भएका ट्रेड युनियन
१। नेपाल निजामती कर्मचारी संगठन
२। नेपाल निजामती कर्मचारी युनियन
३। नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
४। नेपाल मधेशी निजामती कर्मचारी मंच
५। नेपाल स्वास्थ्यकर्मी संघ
६। मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल
७। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल
८। स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल
१। नेपाल स्वास्थ्यकर्मी युनियन दर्ता नं। ३६०
२। स्वास्थ्यकर्मी यूनियन नेपाल दर्ता नं। ३६१
३। राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल दर्ता नं। ३६४
४। राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन दर्ता नं। ५५२














