भदौ २४, धनगढी । बाराको तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै कैलालीमा पनि तीन वर्षीय बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । भजनी नगरपालिका–७, की बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएको हो ।

CP-HOSPITAL

बालिका बलात्कारको अभियोगमा प्रहरीले एक १८ वर्षका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र निर्मल्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ । प्रवक्ता तिमिल्सना भन्नुहुन्छ, “मुद्दा चलिरहेकाले अहिले नै सबै कुरा भन्न मिलेन ।

बलात्कारको आरोपमा युवकलाई तीन/चार दिनअगाडि नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।”घटना चार/पाँच दिन अगाडिकै भए पनि मिलाउने दबाबका कारण ढिलो गरी प्रहरीमा उजुरी पुगेको स्थानीयले बताएका छन् ।

उनीहरूका अनुसार अझै पनि राजनीतिक दलका नेता, गाउँका अगुवाले घटना मिलाउने प्रयास गरिरहेका छन् । खुट्टामा क्रममा बालिकाको यौनाङ्गमा चोट लागेको भनेर प्रहरीसमक्ष बयान दिन बालिकाकी आमालाई दबाब दिइरहेको स्थानीयको जिकिर छ ।