चैत २१, काठमाण्डौ । रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।



लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा छलफल भएको थियो ।















