काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औपचारिक बैठक डाकेको छैन ।

कांग्रेसका एक पदाधिकारिले सतर्कतापूर्वक आधिकारिक धारणा ल्याउने तयारी रहेको बताए । आज पार्टीले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा नेताहरू भेट भएर यो विषयमा कुराकानी हुने उनको भनाइ छ ।

‘अभिमुखीकरण कार्यक्रमपछि कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ’ती पदाधिकारीले भने ।

कांग्रेसले सरकारको कदमलाई समर्थन गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘सरकारको कदममा प्रश्न उठाउने ठाउँ छन् । तर कसरी प्रश्न उठाउने भनेर छलफल गर्छौं’उनले भने ।