कैलाली । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ ले आज बृहत् र्यालीसहित कोणसभा गर्दै घरदैलो अभियान सञ्चालन गरेको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ को आयोजनामा भएको अभियानमा र्याली क्षेत्र नम्बर २ का विभिन्न स्थानबाट सुरु भई लम्की स्थित मोतीपुर चौराहामा जम्मा भई लम्की मुख्य बजार हुँदै बसपार्क क्षेत्र परिक्रमा गर्दै पेट्रोलपम्प नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।



कोणसभालाई सम्बोधन गर्दै बिभिन्न वक्ताहरूले आगामी पागुन २१ गते हुने प्रतिनिधीसभा निर्बाचनका लागि विकास निर्माणका मुख्य एजेन्डाका विषयमा धारणा राखेका थिए। उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, भ्रष्टचार नियन्त्रण, सुशासन र समृद्धिका लागि नेपाली काँग्रेस पार्टीका उम्मेदवार बिजय बहादुर स्वाँरलाई बलियो उम्मेदवारको रुपमा पार्टीले प्रस्तुत गरेको र अत्याधिक बहुमतका साथ बिजयी गराउन अपिल गरेका थिए ।
यस्तै सभालाई सम्बोधन गर्दे उम्मेदवार बिजय बहादुर स्वाँरले गत भदौं २३ र २४ को जनभावनालाई अंगिकार गरि अघिबढेको एकमात्र पार्टी नेपाली काँग्रेस रहेको दाबी गरे । “बदल्यौ काँग्रेस बदल्छौं देश” भन्ने मुल नाराका साथ नेपाली काँग्रेस देशभरी उर्बर रुपमा अगाडी बढेको उनले उदघोष गरे । स्वाँरले आफूलाई ‘नेता’ भन्दा पनि जनताको ‘सेवक’ को रूपमा प्रस्तुत गर्दै, उनले भने “हामी नेता होईनौ यस क्षेत्रको समग्र बिकासका लागि सम्पुर्ण नागरिकको कामगर्ने सेवक हो ।” आफु यहि क्षेत्रमा जन्मेको यहि क्षेत्रको माटोले बनेको शरिर अब यसै क्षेत्रको माटो समुदाय र जनताको सेवामा खटिने प्रतिबद्धता समेत ब्यक्त गरे । आफुलाई थारु, दलित महिला पिछडिएका बर्ग तथा आमरुपमा सबै क्षेत्रबासीको आर्शिवाद रहेको आज उपस्थित जनसागरले पुष्टि गरेकोे र आफु बिजयी हुनेमा निश्चिन्त रहेको उनले दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, केन्द्रिय सदस्य हेम बहादुर रावल, महासमिति सदस्य तथा पुर्ब शिक्षामन्त्री मोहन सिंह राठौर महासमिति सदस्य बिर बहादुर चौधरी कैलाली जिल्ला कार्यबाहक सभापति खेमराज चौधरी लम्कीचुहा नगर प्रमुख शुशिला शाही कैलाली क्षेत्र नम्बर ३ की समानुपातिक तर्फकी उम्मेदवार रिता चौधरी लगायत बिभिन्न स्थानीय जनप्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक सर्वसाधारणको उत्साहपुर्ण उल्लेखनीय सहभागिता रहेको थियो।














