बर्दगोरिया । आशन्न फागुन २१ गतेको प्रतिनिधीसभा निर्वाचन नजिकिदै गर्दा  नेकपा एमालेले बर्दगोरिया गाउँपालिका वडा नं. १ र २ मा सशक्त घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।  कैलाली निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार सुर्य बहादुर थापा लाई जिताउन नेता तथा कार्यकर्ताहरू टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, सिद्धान्त र विकासका एजेन्डाबारे जानकारी गराउँदै मत मागिरहेका छन्।

घरदैलो कार्यक्रममा सहभागी नेताहरूले समृद्धि, सुशासन र स्थायित्वका लागि एमालेको स्पष्ट प्रतिबद्धता दोहोर्‍याएका छन्। उनीहरूले विगतमा सम्पन्न पूर्वाधार विकास, सामाजिक सुरक्षा योजनाको विस्तार, कृषि आधुनिकीकरण तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमहरू उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने अठोट व्यक्त गरेका थिए।

यसक्रममा स्थानीय व्यवसायी तथा सामाजिक व्यक्तित्व सूर्य बहादुर थापा लाई विजयी गराउन मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन । मतदाताहरूले विकासमुखी, इमानदार र सक्रिय नेतृत्वको आवश्यकता औंल्याउँदै एमालेप्रति भरोसा व्यक्त गरेका छन्।