काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि घोषणापत्र सार्वजनिक गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोलि सार्वजनिक गर्ने निर्णय लिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनका अनुसार सार्वजनिक कार्यक्रम भोलि १ः३० बजे पार्टी कार्यालयमा धुम्बाराहीमा हुनेछ।

राप्रपाले घोषणापत्रमा हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डा बनाएको छ।