काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेको हो। यसदिन ३२९ स्क्रिप्सको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँमा खरिदबिक्री भए।



नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। मिथिला लघुवित्त वित्तिय संस्थाको सेयर सर्वाधिक ९.७० प्रतिशतले बढ्यो। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो बैंकको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। एसवाई प्यानल नेपालले ५३ करोडको सेयर कारोबार गर्दा राधी विद्युतले ३८ करोड,युनियन हाइड्रोपावरले ३७ करोड र शिव श्री हाइड्रोपावरले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ५० वटा स्टक्सको मूल्य बढ्दा २०१ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। १२ वटा समूहको उपसूचक घट्दा ट्रेडिङ समूहको मात्रै बढ्यो।













