काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र पालिकाको चुनाव भन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ ।

काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा चुनावको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने दाबी गर्नुभयो ।

प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने उहाँको भनाइ छ । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै उहाँले विगतको जस्तो ६०/४० को भागबण्डा अब सकिएको दाबी गर्नुभयोे ।

का‌ंग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने उहाँको भनाइ छ । कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको भन्दै उहाँले बदलिएको कांग्रेसले नेपाल बदल्ने सङ्कल्प गरेर आएको बताउनुभयो । कांग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभई सोच, सङ्कल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको उहाँको दाबी छ ।