काठमाण्डाै । काठमाण्डौ स्पोर्ट्स एन्ड् ईभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ । प्रतियोगीता आउँदो माघ १४ देखि २१ गतेसम्म काठमाण्डौको मुलपानी मैदानमा हुनेछ ।



प्रतियोगितामा १६ वटा टोलीको सहभागीता रहने आयोजकका प्रतियोगिता निर्देशक ज्योती भण्डारीले जानकारी दिनुभयो । यो प्रतियोगिता १० ओभरको ढाँचामा हुनेछ । टोलीको सहभागिताको लागि दर्ता शुल्क एक लाख रुपैयाँ राखिएको छ । पहिले नाम दर्ता गर्ने टोलीलाई प्राथमिकता दिइने निर्देशक भण्डारीले बताउनुभयो ।



हरेक टोलीमा ११ जना खेलाडी रहनेछन् । त्यसमा आठ जनाले मैदान भित्र खेल्न पाउने छन् भने तीन जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ । हरेक टोलीले कम्तिमा तीन खेल खेल्न पाउनेछ ।
टी–१० क्रिकेट प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिने प्रतियोगिताका प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले जानकारी दिनुभयो ।













