काठमाण्डाै । गएकाे भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलनपछि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलाे पटक सार्वजनिक हुनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिकाे बैठकमा सहभागी हुनका लागि सभापति देउवा आज पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएकाे हाे । सानेपामा देउवासँगै उहाँकी पत्नी आरजु राणा पनि उपस्थित हुनुभएकाे छ ।

गएकाे भदाै २४ गतेकाे आन्दाेलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठमा आफ्नै निवासमा रहेका देउवा दम्पतीलाई कुटपिट गरेका थिए । त्यसपछि देउवा ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा जाने क्रममा सार्वजनिक हुनुभएको हो । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आउनुभएको छ ।