काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।



हिजो अस्वस्थ भएपछि मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरेकोमा स्वास्थ्य अवस्था सामान्य भएपछि आज डिस्चार्ज हुनुभएको राष्ट्रपतिको पौडेलको सचिवालयले जनाएको छ ।



पाैडेललाई चक्कर लाग्ने र वान्ता हुने समस्या भएपछि हिजो बिहान ११ बजे अस्पताल पुर्याइएको थियो ।













