काठमाडौँ । सरकारले गृहसचिवमा रामेश्वर दंगाललाई ल्याएको छ।

CP-HOSPITAL

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमा दंगाललाई ल्याएको हो। सचिव दंगाल यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए।

गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई सरकारले गृहसचिव बनाएको हो। अन्तरिम सरकारले गृह प्रशासनलाई बलियो बनाउन दंगाललाई गृह मन्त्रालयमा ल्याएको हो।