काठमाण्डाै । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन शुरू भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि सिंहदरबारमा व्यवस्थापन शुरू भएको हो ।



निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरू भएको छ । ‘जेन–जी’ आन्दाेलनका क्रममा सिंहदरबारमा पनि ठूलाे क्षति पुगेकाे थियाे ।



आन्दाेलनका क्रममा सिंहदरबारका सबैजसो भवनमा आजगनी र ताेडफाेड भएको छ ।





