काठमाण्डौ । कृषी तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । नेपाली काङ्ग्रेसको शेखर कोइराला पक्षधरबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिनुभएको हो ।



चीन भ्रमणमा रहेका कोइरालाले आजै आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको पनि बताउनुभएको छ । काङ्ग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा कृषिमन्त्री अधिकारीसँगै पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।



यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताउनुभएको छ । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत काङ्ग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गर्नुभएको छ ।





