काठमाण्डौ । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।



मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।



मन्त्रालयले हिजो सूचना निकालेर प्रदेशको २०८१ साल चैत २२ मा प्रकाशित राजपत्र अनुसार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको जनाएको छ । आज प्रदेश भरिका सरकारी कार्यालय, शैक्षिक संस्था र अन्य निकायमा बिदा हुनेछ ।





