जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका ६ को सिमरी आधारभुत सेवा केन्द्रमा ल्याब सेवा सुचारु भएको छ ।



प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्र धनगढी र जोशीपुर गाउँपालिका कैलालीको सहयोगमा आज एक कार्यक्रमका बिच सिमरी आधारभुत सेवा केन्द्रमा ल्याब सेवाको उद्घाटन गरिएको छ ।



जोशीपुर गाउँपालिका ६ नं. वडा अध्यक्ष भोजराज डंगौराको सभाध्यक्षतामा भएको कार्यक्रममा जोशीपुर गाउँपालका अध्यक्ष चित्र बहादुर चौधरी प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी चौधरीले रिबन काटेर ल्याब सेवाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै चौधरीले गाउँघरमै ल्याब परिक्षण सेवा सुचारुहुनु जनताहरुलाई घरदैलोमै सेवा बिस्तार गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो ।



कार्यक्रममा जोशीपुर गाउँपालिका वडा सदस्यहरु स्वास्थ्य शाखा प्रमुख नृप चौधरी सिमरी आधारभुत सेवा केन्द्र प्रमुख नरेन्द्र बहादुर कठरिया महिला स्वास्थ्य स्वयमसेबिकाहरुको उपस्थिति रहेको थियो ।


