काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग तनहुँको एक क्याम्पसमा अध्ययनरत विद्यार्थीले बुधबार भेटघाट गरेका छन्।

CP-HOSPITAL

तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत बिबिए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी र प्राध्यापकको टोलीले भेटघाट गरेका हुन्।

पाठ्यक्रम अन्तर्गत नेपालको राजनीतिक, सामाजिक र शैक्षिक अध्ययनका लागि राष्ट्रपतिसँग विद्यार्थीलाई भेटघाट गराइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए।

स्थलगत अध्ययन गर्दा प्रभावकारी हुने भएकोले राष्ट्रपतिसँग बिबिए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भेटघाट गराइएको उनले बताए। भेटघाटमा क्याम्पसको तर्फबाट सहायक प्राध्यापक विष्णु हडखलेको नेतृत्वमा राष्ट्रपति कार्यालय गएको क्याम्पसको स्थलगत अध्ययन टोलीले शीतल निवासमै भेटघाट गरेका थिए।

राष्ट्रपतिसँग नेपालको संविधान र राष्ट्रपतिको काम कर्तव्यका बारेमा राखेका जिज्ञासालाई राष्ट्रपति पौडेलले प्रष्ट पारेका छन् ।