काठमाण्डाै । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।



पार्टीको तर्फबाट पदाधिकारी हेरफेर भएको भनी विवरण बुझाएको बारे छलफल गर्न हिजो बसेको आयोगको बैठकले नयाँ विवरण प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।



अध्यक्ष श्रेष्ठ विवादमा परेपछि राष्ट्रिय भेलाले उहाँलाई बर्खास्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । पार्टीले त्यही भेलाको निर्णयसहित विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो ।


