काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिएका छन् ।



संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको ‘कुलिङ पिरियड’ प्रावधानमा भएको छेडखानीमा समिति सभापति खतिवडालाई पनि नैतिक जिम्मेवार भनेर जीवन परियार नेतृत्वको समितिले भनेपछि देउवाले तत्काल राजीनामा दिन भनेका हुन् ।



अहिले देउवा निवास बुढानिलकण्ठमा रामहरि खतिवडालाई पनि साथमै राखेर उनले यस्तो निर्देशन दिएका हुन् । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी रहेको बताईन्छ । खतिवडाले आफूले गल्ती नगररेको दाबी गर्दै आएका छन् ।



समितिको प्रतिवेदन कार्यान्वयनको सवालमा सभामुख देवराज घिमिरेमाथि पनि आलोचना बढेपछि देउवाले आज यस्तो कदम लिएका हुन् । उनले राजीनामा दिएर पार्टीको इमेज बचाउन खतिवडालाई भनेका छन् ।