नवलपुर । गैंडाकोटमा आइतबार स्कुटर र ट्रक ठोकिँदा दुई जनाको मृत्यु भएको छ। गैंडाकोट र भैसाखोरी बीचको जंगलमा ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरी कार्यालय नवलपुरले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन।

CP-HOSPITAL

घटनास्थलमा नै रहेका जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालले ट्रकमुनि दुईजना च्यापिएको अवस्थामा भेटिएको बताए। उनले आफूहरू उद्धारमा रहेको बताए। दुर्घटनाबारे अन्य विवरण आउन बाँकी छ।