धनगढी –। कैलाली कारागारमा फेरी कुटाकुट भएको छ । कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएको हो । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ ।

कैदीबन्दीबीच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख एसपेव बालनरसिंह राणा, डीएसपी राजकुमार सिंह पनि कारागार पुगेका छन् ।केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए । उनीहरुले जेलरविरुद्ध नाराबाजी गरेका थिए ।

कैलालीमा पछिल्लो समय ग्याङ वारको असरले कारागारमा पनि लफडा हुँदै आएको छ । जिल्लामा ग्याङ वार चलाइरहेका केही व्यक्ति कारागार चलान भएपछि कारागारमा पनि लफडा हुँदै आएको छ ।

यसअघि पनि असार २८ गते कैलाली कारगारमा कुटाकुट हुँदा एक जना घाइते भएका थिए ।