काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फमा रहेको छ। यो नेपालको तराईमा अवस्थित छ।

CP-HOSPITAL

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।