काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पाँचवटा योजना मागे पनि सबै अस्वीकृत भएका छन् । गगन सचिवालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमा महामन्त्री थापाले पर्यटन मन्त्रालयसँग पाँचवटा योजना मगाेका थिए ।  तर कांग्रेसबाटै बद्री पाण्डेले नेतृत्व गरेको मन्त्रालयले एउटा पनि योजना समावेश गरेन ।

थापा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद हुन् । उनले अर्थ मन्त्रालयसँग मागेका आठवटा योजनाको सम्बोधन भएको छ । त्यस्तै कांग्रेस संसदीय दलमार्फत थापाले नाैवटा योजना माग गरेकोमा पाँचवटा योजना सम्बोधन भएका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयमार्फत थापाले आठवटा योजना माग गरेकोमा पाँचवटा, शहरी विकास मन्त्रालयमा २० वटा योजना माग गरेकोमा १० वटा तथा खानेपानी मन्त्रालयमा सातवटा योजना माग गरेकोमा एक योजना सम्बोधन भएको थापा सचिवालयले जनाएको छ । यस्तै खेलकुद मन्त्रालयमा थापाले सातवटा योजनामा बजेट माग गर्दा एउटामात्र योजना परेको छ ।