काठमाडौं । नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन्। साउन ४ गते बसेको मन्त्रिपरिषद बैठकले घिमिरे स्वेच्छिक अवकास स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका  निर्णयहरू सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्।

उनले साउन २ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए।