काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर हद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेको विषयमा नेताहरुले आफ्ना धारणा राखेका छन्।

CP-HOSPITAL

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राखेका छन्।

उनका अनुसार अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गरेको र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम जारी रहेको बताए।

उनले भने, ‘अहिलेसम्म ३२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्नुभएको छ। पार्टी अध्यक्षले रुलिङ गर्नुभएअनुसार आजै बैठक समापन गरिँदै छ। बोल्न बाँकी झन्डै ४० जना हुनुहुन्छ। आजको बैठकमा पार्टीका नेताहरुले पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्ष उमेर हद, दुई कार्यकाल, सम्माननीय पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गर्नुभएको कुरा, उहाँको सदस्यता नवीकरणलगायतका विषयहरु प्रश्तुत भएका छन्।

प्रचार विभाग प्रमुख गौतमका अनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन्।