काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।



अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ती औषधि तथा स्वास्थ्य सामाग्रीहरु असार २७ गते नेपाल ल्याइएको थियो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन भण्डारण गरेको थियो ।



औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधी र स्वास्थ्य सामग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।













