काठमाण्डौ । मधेसकेन्द्रित सात दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय गरेको छ।

CP-HOSPITAL

मङ्गलबार (आज) बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए। ‘मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय भएको छ। अब नागरिक उन्मुक्तिले कसलाई उम्मेदवार बनाउँछ, ऊ हाम्रो साझा उम्मेदवार हुन्छ,’ उनले भने।

आजको बैठकमा मोर्चाको अर्को घटक जनमत पार्टी भने सहभागी थिएन। किन सहभागी भएन भन्नेबारे आफूहरू जानकार नभएको झाले बताए। ‘जनमत पार्टी आएन, किन आएन, हामीलाई थाहा छैन। नआएपछि त के गर्ने त अब,’ उनले भने।