धनगढी । बाँकेको नेपालगञ्ज १० भृकुटीनगरमा बिक्रम सम्बत २०५१ सालमा स्थापना भएको होलिल्याण्ड ईंगलिस माध्यमिक बिद्यालय अहिले सर्बाधिक बिद्यार्थी तथा अभिभावकहरुको छनौटमा परिरहेको छ ।
२०५१ सालमा स्थापना भई २०६६ सालदेखी कक्षा ११ को पहिलो ब्याच सञ्चालन गरेको यस बिद्यालयमा शैक्षिकसत्र २०८२ का लागी १६औं ब्याचमा भर्ना प्रारम्भ भएको छ । स्थापनाको छोटो समयमै हाल बिद्यालयमा साईन्स, मेनेजमेण्ट, कम्प्युटर साईन्स, बिजनेश स्टडिज र होटेल मेनेजमेण्ट लगायतका बिषयहरुमा पढाईहरु सञ्चालनमा रहेको एकेडेमिक कोर्डिनेटर सागर शर्माले बताउनु भयो ।
बिद्यालयमा अत्याधुनिक तथा सुबिधासम्पन्न प्रयोगशालासहितको कक्षाकोठाहरु, गरिब तथा जेहेन्दार बिद्याथीहरुका लागि छात्रबृतिको ब्यवस्था, अग्रिम भर्ना हुने २० जना बिद्यार्थीहरुलाई निशुल्क भर्ना सिहतको सुबिधा अहिले बिद्यालयले प्रदान गरिरहेको जनाएको छ ।
बिगत देखिनैं बिद्यालयले उत्कृष्ट नतिजा सहितको सफलता र प्राप्त गरिरहेको र ब्यवस्थापकीय हिसाबले बिद्यालय उत्कृष्ट शिक्षा दिंदै आएको बिद्यालयका संस्थापक प्राचार्य दुर्गा थापाले बताउनुभयो । बिद्यालय शैक्षिक गतिबिधि संगै अन्य अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सकृय रहेकोले पनि होलिल्याण्ड ईंगलिस माध्यमिक बिद्यालय अहिले बिद्यार्थीहरुको गन्तब्य बन्दै गरेको बिद्यालयका अर्का संस्थापक प्रचार्य प्रशान्त श्रेष्ठले बताउनु भयो ।




















