२०८३ बैशाख ११ गते
    • गृहपृष्ठ
    • समाचार
    • अर्थतन्त्र/बजार
    • राजनीति
    • संस्कृति/मनोरञ्जन
    • खेलकुद
    • बिश्व
    • समाज/अपराध
    • जीवनशैली
    • फिचर
    • विचार
    • बिबिध

    नोबेल मावि एसईई नतिजामा बर्दगोरिमै प्रथम

    नोबेल मावि एसईई नतिजामा बर्दगोरिमै प्रथम
    २०८२ असार १६ १५:३२ मा प्रकाशित
    4K Shares
    बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक  विद्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
    पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ । नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो ।
    यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो । विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको विद्यालयका संस्थापक सुरेश खडकाले बताए ।
    यति मात्र उत्कृष्ट नतिजा ल्याउनमा विद्यार्थीहरुको पनि त्यति नै मिहेनत र लगनशीलता रहेको थियो । सोही अवसरमा उच्च जिपिए सहित प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने र निरन्तर रुपमा उतिर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई पनि धन्यवाद सहित बधाई ज्ञापन गरेका छन ।
    उनले भने शैक्षिक सत्र २०८१ मा कक्षा १० अर्थात् एस.इ.इ. परीक्षामा सहभागी ४४ जना विद्यार्थी मध्ये ६ जना (A±), १८ जना (A), १५ जना (B±), र २ जना (B) ग्रेड ल्याउँदै उत्तीर्ण हुन सफल हुँदा ४ जना भने नन ग्रेड  ल्याएको बताए ।

    4K Shares


    Nepalitheme

    ताजा समाचार

    विराटनगरमा बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु
    विराटनगरमा बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु
    व्यवसायी धरपकड भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूको ध्यानाकर्षण
    व्यवसायी धरपकड भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूको ध्यानाकर्षण
    कैलालीमा सुक्न थाल्यो भूमिगत पानीको स्रोत
    कैलालीमा सुक्न थाल्यो भूमिगत पानीको स्रोत
    आज २०औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
    आज २०औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
    मौसम : लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहरको पूर्वानुमान
    मौसम : लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहरको पूर्वानुमान


  • Nepalitheme

    पश्चिम दर्पण मिडिया प्रा.ली.

    सुचना तथा प्रसारण बिभाग दर्ता नं.– ४६८६

    विज्ञापनकाे लागि ९८५८०२५६१६ / ९८४८४२५३८३

    paschimdarpanmedia@gmail.com

    हाम्रो टिम

    प्रकाशक – पश्चिम दर्पण मिडिया प्रा.ली.
    अध्यक्ष/प्रबन्ध निर्देशक – हरेन्द्र चौधरी

    सम्पादक – कृष्ण प्रसाद ओझा
    बजार प्रतिनिधी – चक्र बिष्ट

    सामाजिक सञ्जाल

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme