काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिएको छ।

CP-HOSPITAL

उनी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक (कर्पोरेट निर्देशनालय) तथा प्राधिकरणको प्रवक्ताका रुपमा कार्यरत थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधवार बसेको बैठकले पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रवन्धकको रूपमा पठाइएको छ भने उनको स्थानमा हंशराज पाण्डेलाई जिम्मेवारी दिइएको छ।

पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई भने प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।