काठमाडौँ । प्रतिनिधिसभाले मंगलबार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिरहेको छ।



गृह, सञ्चार र श्रम मन्त्रीहरूले बजेट सम्बन्धी सांसदहरूको जिज्ञासा र प्रश्नहरूको जवाफ दिइसकेपछि अब बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ। यसअघि सरकारका विभिन्न मन्त्रीहरूले बजेटको बिवरण प्रस्तुत गरेका थिए, जसपछि संसदको छलफलको अन्तिम चरणमा पुगेको हो।



गृह मन्त्री, सञ्चार मन्त्री र श्रम मन्त्रीले आफ्नो-अफ्ना मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा जवाफ दिएका छन्। मन्त्रीहरूले बजेटको प्रमुख उद्देश्य र सरकारको प्राथमिकताहरू स्पष्ट गर्दै आगामी वर्षमा हुने योजनाहरूको बारेमा जानकारी गराएका छन्।
यता, प्रमुख दल नेपाली कांग्रेस र एमालेले बजेट पारित गर्नका लागि ह्वीप जारी गरेका छन्।
ह्वीप जारी गर्ने क्रममा, दुवै दलका नेताहरूले आफ्ना सांसदहरूलाई बजेट पारित गर्ने प्रक्रियामा समर्थन गर्ने अनुरोध गरेका छन्।





