काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी संसद्‌‌मा अवरोध गरेपछि नेकपा एमालेका सांसद सूर्य थापा रुष्ट भएका छन्।

उनले नियमापत्ति जनाउँदै रास्वपाप्रति रोष प्रकट गरेका छन्। उनले हामी रत्नपार्कमा छौँ कि, सहिद गेटमा भन्दै रोष प्रकट गरेका हुन्।

CP-HOSPITAL

बजेटमाथि छलफल चलिरहेको समयमा नियमापत्ति जनाउँदै उनले भने ‘हामी रत्नपार्कमा छौँ कि, सहिद गेटमा छौँ कि, पोखरामा छौँ कि, पोखरा चिप्ले ढुङ्गामा छौँ। मैले बुझ्न पाइन। बुझ्न सकिन। मान्य सदस्य (रास्वपा)का कुर्ची रोइरहेका छन्। कुर्चीले मान्य सदस्यलाई भेट्न पाएका छैनन्।’

यति भन्दै गर्दा उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए।

संसद्‌मा भिजिट भिसा प्रकणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै रास्वपाले अवरोध गर्दै आइरहेको छ।