काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। विपक्षी दलहरुआफ्नो अडानबाट पछि नहटेपछि आजको बैठक पनि सुचना टाँसेर स्थगित गरिएको हो।

CP-HOSPITAL

भिजिट भिसा ठगी प्रकरणमा विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्ने चेतावनीपछि प्रतिनिधिसभा बैठक लगातार सूचना टाँस गरेर जेठ २० गतेदेखि स्थगित हुँदै आएको छ।