काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान कायमै राखेपछि आजका लागि बोलाइएको बैठक बस्न सकेन।



आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तोकिएको समयमा बैठक सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको छ।
बैठक सुचारू गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन।