कैलाली । धनगढीमा प्रदेशस्तरीय अनलाईन मल्टिमिडिया सम्बन्धी दुई दिने प्रशिक्षण सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेश समितिको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।

प्रदेशका ९ ओटै जिल्लाबाट प्रतिनिधित्व गरेर विभिन्न मिडियामा कार्यरत पत्रकारको सहभागिता रहेको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ कैलाली शाखाको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमले विकास पत्रकारिताको तालिम सम्पन्न गरेर आजको आधारभूत आवश्यकता रहेको अनलाईन मल्टिमिडिया सम्बन्धी २ दिने प्रशिक्षण सुरु गरिएको आयोजक नेपाल पत्रकार महासंघ सुदूरपश्चिका अध्यक्ष भरत शाहले जानकारी दिए । ९ जिल्लाबाट सहभागि रहेको २ दिने प्रशिक्षणको उद्घाटन प्रदेश प्रमुख नजिर मियाँले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख नजिर मियाँले भने पछिल्लो समयमा फेसबुके मिडिया र सुुचनाले सर्वसाधरणलाई असहज पारीरहेको छ, यस बिषयमा पनि गम्भिर हुन आग्रह गरे । अहिले राज्यले जुन कुरा मिडियाले हाइलाइट गर्न सक्या त्यही बिषय सम्बोधन गरीरहेको हुनाले मिडिया कर्मीहरुले सुदूरपश्चिमको प्रचार प्रसारमा विशेष भूमिका खेल्नु पर्नेमा समेत जोड दिए । सबै भन्दा शक्तिशाली भनेको कलम हो, कलमको प्रयोग सही ठाउँमा गर्नु पर्ने भन्दै पत्रकारहरुलाई आग्रह गरे ।

प्रशिक्षणमा सबैलाई सहभागी गर्न सकिएन, हामी कार्यक्रम गरिरहेका छौं अगामी दिनमा सबैलाई समेट्ने प्रयास गर्ने नेपाल पत्रकार महासंघ सुदूरपश्मिका अध्यक्ष भरत शाहको भनाइ रहेको थियो ।