बैतडी । नेकपा माओवादीको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरु भएको छ ।

बैतडीको पाटनबाट सुरु हुने अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर समाप्त हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारकको उद्घाटन गर्दै अभियानको आरम्भ गरेका छन् ।



उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमै आयोजना गरेको सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।