काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) ले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको छ ।

CP-HOSPITAL

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तराई–मधेश जागरण अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बैठकको निष्कर्ष छ । अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको थियो ।