काठमाडौँ । संघीय संसद्मा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सोमबारबाट ६ दिन समय छुट्याइएको जानकारी दिए।

उनका अनुसार वैशाख २२, २३, २४, २५, २६ र २८ गते नीति कार्यक्रममाथि छलफल हुनेछ। नीति कार्यक्रमाथि सांसदहरुले दलीय आधारमा भाग लिन पाउनेछन्।

संशोधनका लागि वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्नेछन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले टेबुल गरेका थिए।