काठमाण्डौ । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा संलग्न ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल परीक्षा केन्द्रबाट शनिबार ६ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार र आकाश खड्का, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा र उमेश शर्मा तथा जुम्लाका मीन रावल छन्। प्रवेशपत्रमा आफूहरूको फोटो टाँसेर उनीहरू परीक्षा दिन दिएका थिए। उनीहरूलाई थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये गोपालबहादुर शाही अस्कल क्याम्पसका स्ववियु सचिव हुन्। उनी हालै भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट निर्वाचित भएका थिए।