काठमाण्डौ । नेपाल शिक्षक महासंघले सरकारले बाेलाएकाे वार्तामा छलफल हुने विषय खुलाए मात्रै सहभागी हुने निर्णय गरेको छ।



मंगलबार साँझ बसेको महासंघको बैठकले वार्तामा छलफल गरिने र निर्णय गरिने विषयवस्तु सरकारले पहिले नै प्रस्तुत गरेपछि मात्रै वार्तामा सहभागी हुने निर्णय गरेको हो।
‘सरकारले बोलाउँदैमा हामी वार्तामा जाँदैनौं, सरकारले वार्तामा आऊ हामी यसो गर्छौं भनेर पहिले नै भन्नुपर्छ। हामीसँग सर्त राख्नुपर्छ, सशर्त मात्रै वार्तामा बस्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अन्यथा सरकारको वार्तामा सहभागी हुँदैनौं।’













